बगनासकाली ५: सातै दिन सेवा दिने एजेण्डा सहित चुुनावी मैदानमा ‘धिरज’

पाल्पा | बैशाख १५, २०७९

बगनासकाली ५: सातै दिन सेवा दिने एजेण्डा सहित चुुनावी मैदानमा ‘धिरज’


पाल्पाः बगनासकाली गाउँपालिका ५ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट धिरज गाहा मगरले उम्मेदवारी दिएका छन् ।

 

आम नागरिकलाई सातै दिन सेवा प्रवाह गराउने एजेण्डा सहित युवा नेता धिरज गाहामगर चुुनावी मैदानमा होमिएका हुन् ।

 

‘वडाबाट दिईने सेवाहरु सातै दिन दिने मेरो पहिलो एजेण्डा हो, गाहामगरले सुनगाभा न्यूजसँग कुरा गर्दै भने, ‘किनभने सेवाग्राहीले चाँहेजस्तो सेवा लिन नपाएको विगत छ । त्यसैले मैले जितेको खण्डमा सातै दिन सेवा दिने प्रण गर्दछु । हुनत अहिले विकासको कुरा गर्नु औचित्य देखिदैन । त्यो दास्रो कुरा हो ।’ 

 

उनले वडामा हुने बेथितीको विरुद्धमा नागरिकमैत्री काम गर्नको लागि आफ्नो उम्मेदवारी दिएको समेत बताए ।  

 

‘अब नेतृत्वमा युवाहरु पनि आउँनुपर्छ भन्ने सबैको मान्यता छ । हामीहरु बेथितीको विरुद्धमा जहिल्यै उभिएका छौ । त्यसैले सबै अस्तव्यस्त कुराहरुलाई ठीक पार्न र आम नागरिकलाई समान किसिमको सेवा प्रवाह गर्न नै मेरो नेतृत्वमा टिम अगाडी बढेका छौ ।’

 

उनले चुनावी प्रचारप्रसार अभियान तिन चरणमा गर्ने जानकारी दिए । गाहामगरका अनुसार पहिलो चरणमा स्थानीय क्षेत्रमा सामान्य रुपमा भेटघाट हुनेछ ।

 

दास्रो चरणमा वडा सभापति, स्थानीय नेताहरुको उपस्थितिमा उम्मेदवारी टोलीले एजेण्डा सहित घरदैलोमा गर्नेछ । भने अन्तिम चरणमा जिल्ला र प्रदेश स्तरीय नेताको उपस्थितिमा निश्चित स्थानमा चुनावी सभा आयोजना हुनेछ । 

 

अध्यक्ष पदमा उम्मेदवारी दिएका गाहा मगर पेशाले शिक्षक हुन् ।

 

उदीयमान युवा नेताको रुपमा रहेका ३० वर्षिया उनलाई भोट दिन स्थानियको पनि आग्रह छ । ‘अब नेतृत्वमा युवाहरु नै आउँनुपर्छ । पुरातन सोच भएकाहरुले विकास र नागरिकमैत्री सेवा दिन सक्दैनन्, स्थानीय मनबहादुर गाहामगर भन्छन्, ‘पंखा मुनी बस्दा निमोनिया लाग्नेहरुले वडाको विकास गर्न सक्दैनन् । त्यसैले नेतृत्वमा युवाको बाहेक अरुको विकल्प छैन । त्यसैले युवाहरुलाई नै भोट दिनुुहुन मेरो अपिल छ ।’

 

उक्त वडाको अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी एमोलेबाट ओमप्रकाश गैरे र नेशनल मंगोल अर्गनाइजेशनबाट दिपक खाम्चामगरले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।


 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्